9 months ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर हेमन्त धामीले एसिसी यू१९ एसिया कपमा अफगानिस्तानविरुद्ध लगातार दुई विकेट लिएका छन् । आइसिसी एकेडेमी ओभल २ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ७ ओभरमा ३ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।
हेमन्त धामीको सातौं ओभरको दोस्रो बलमा खालिद तानिवाल १० रनमा गुलशनबाट क्याच आउट भए । लगत्तै अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई योर्करमा बोल्ड आउट गरे । ह्याट्रिक बलमा हेमन्तले वाइड फ्याँलेका थिए । हेमन्तको इनस्वींय योर्कर बलमा उनी बोल्ड भएका थिए ।
त्यसअघि गुलशन झाको दोस्रो ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर अफगानी ओपनर वाफिउल्लाह ताराखिल १५ रनमा देव खनालबाट क्याच आउट भए । उनले ९ बलमा २ चौका र १ छक्का हाने ।
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]