default_image

5 months ago

December 20, 2023

कप्तानीमा साढे २ दशकको अन्तर : भेट्रान ऋतु र टिनएज कुसुम

599 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता २०८० मा सुदूरपश्चिमकी ऋतु कनौजिया सर्वाधिक अनुभवी र गण्डकी प्रदेशकी कुसुम गोदार कान्छी कप्तान हुन् । पिएम कप खेल्ने सबै ८ टोलीले कप्तान र टोली घोषणा गरेका छन् ।

ऋतु पिएमकप खेल्ने र कप्तानी गर्ने सर्वाधिक अनुभवी खेलाडी हुन् । ४१ वर्षीय ऋतुले सुदूरपश्चिमको टोलीबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् । ऋतुले मध्यक्रममा ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछिन् ।

२००७ देखी २०१७ सम्म ऋतुले नेपाली टोलीबाट खेलेकी थिइन् । नेपालकी पूर्व–कप्तान समेत रहेकी ऋतु आइसिसी टि२० विश्वकप २०१७ एसिया क्षेत्र छनोट थाईल्यान्डपछि टोलीमा छैनिन् । तर घरेलु क्रिकेटमा भने लगातार राम्रो प्रदर्शन गर्दै आएकी छिन् ।

उता गण्डकी प्रदेशबाट कुसुमले पहिलो पटक कप्तानी गर्दैछिन् । १६ वर्षीय कुसुम तीव्र गतिकी बलिङ अलराउन्डर हुन् । २०२१ देखी गण्डकीको टोलीबाट पिएमकप खेल्दै आएकी छिन् ।

कुसुम र ऋतुको उमेर अन्तर २५ वर्षको फरक छ । कुसुमपछि पिएम कपमा कम उमेरमा कप्तानी कर्णालीकी किरण कुमारी कुँवर छिन् ।

१७ वर्षीय युवा ब्याटर किरणले २०२२ मा नेपालबाट यू१९ विश्वकप छनोट खेलेकी थिइन् । उता ऋतुपछि अनुभवी कप्तान नेपाल एपिएफ क्लबकी सीता राना मगर छिन् । ३१ वर्षीय सीताले घरेलु र राष्ट्रिय दुबै टोलीबाट अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् ।

पिएमकप खेल्ने सबै ८ टोलीका कप्तान र उमेर यस प्रकार छ ।

रुविना क्षेत्री (कोशी) – ३० वर्ष २४ दिन

कविता गौतम (मधेश ) – ३० वर्ष ८२ दिन

अश्मिना कर्माचार्य (बागमती) – २३ वर्ष २ सय ३६ दिन

कुसुम गोदार (गण्डकी ) – १६ वर्ष १ सय ९४ दिन

सरस्वती जिएम (लुम्बिनी) – १८ वर्ष ३ सय ४७ दिन

किरण कुमारी कुँवर (कर्णाली) – १७ वर्ष ३ सय ३० दिन

ऋतु कनौजिया (सुदूरपश्चिम) – ४१ वर्ष ९० दिन

सीता रानामगर (नेपाल एपिएफ क्लब ) – ३१ वर्ष २ सय ९० दिन

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.