5 months ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमकी ब्याटर यसोदा विष्ट र कप्तान अश्मिना कर्माचार्यको अर्धशतकीय साझेदारीले बागमती प्रदेशले प्रधाममन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई १ सय १८ रनको बलियो लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनायो ।
बागमतीकी एसोदा विष्टले ३९ बलमा ६ चौकासहित ४७ रनमा अविजित रहिन् । अश्मिना कर्माचार्य ३१ बलमा ३ चौकासहित ३० रनमा अविजित रहिन् । एक समय १०.३ ओभरमा ४५–४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटको लागि अश्मिना र यसोदाले ७२ रनको अविजित साझेदारी गरेका थिए ।
ओपनर हेलिसा गुरुङ १२, कन्चन श्रेष्ठ ८, अश्मिता खरेल डक र सोनी पाख्रिन ३ रनमा आउट भइन् । मधेशको लागि पुजा महतोले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता गौतमले एक विकेट लिइन् ।
May 19, 2024
एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]
May 19, 2024
एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]