default_image

5 months ago

December 21, 2023

सन्दीपको उत्कृष्ट बलिङमा पर्साको रोमान्चक जित

6420 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा पर्सा क्लब–११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपमा उत्तरप्रदेश क्लब ११ माथि एक विकेटको रोमान्चक जित हात पारेको छ ।

जितको लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको पर्साले १६.३ ओभरमा ९ विकेट गुमाउँदे पूरा गर्यो । पर्साको जितमा अनिल कुमार शाहले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १८ रन बनाए ।

पवन सरार्फ डक र सन्दीप लामिछाने १२ रन बनाए । उत्तरप्रदेशका भिम शर्मा, ठाकुर कुमार र वाशि अन्सारीले समान दुई विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उत्तरप्रदेश ११ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो । उत्तरप्रदेशको लागि ठाकुर र जयदेव सिंहले समान १२ रन बनाए । समिर अन्सारीले २२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २४ रन बनाए ।

पर्साका सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २९ रन खर्चेर ३ विकेट लिए । पवन सरार्फ, रन्जित कुमार र रुपेश सिंहले समान दुई विकेट लिए । प्रतियोगितामा तीन विभागीयसहित पर्सा, उत्तर प्रदेश वोन्डेर्स क्लब नोयडा छन् ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.