1 year ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा नेपाल पुलिस क्लबलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि ५९ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ६.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेल १४ बलमा १ चौका र २ छक्कासहित २१ रनमा नट आउट रहे ।
विनोद भण्डारी ११ बलमा १ छक्कासहित १४ रनमा नट आउट रहे । ओपनर सन्तोष कार्की ११ बलमा १ चौका र २ छक्कासहित २० र कुशल मल्ल २ रनमा आउट भए । पुलिसका लागि एकमात्रै विकेट ललितनारायण राजवंशीले १ विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट मैदान बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस १८.४ ओभरमा ५८ रनमा अल आउट भएको थियो । पुलिसको लागि करण केसीले १६ बलमा १ छक्कासहित सर्वाधिक १५ रन बनाएका थिए ।
अमृत श्रेष्ठले ३० बलमा ११ रन बनाए । पुलिसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर दीलिप नाथ १, शंकर राना शून्य, अर्जुन साउद २६ बलमा ६, आरिफ शेख ३, शेर मल्ल ४, सुनिल धमला २ र राशिद खान शून्यमा आउट भए ।
आर्मीका साहब आलमले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, अभिनाश कर्ण र कुशल मल्लले १-१ विकेट लिए ।
पहिलो खेलमा सन्दीप लामिछाने कप्तान पर्सा क्रिकेट क्लबले भारतको उत्तरप्रदेश क्लब ११ लाई १ विकेटले हराएको थियो । प्रतियोगितामा नेपालका तीन विभागी टोली, पर्सा र भारतका दुई क्लब टोली छन् ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]