2 years ago
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र अलराउन्डर ममता चौधरीको उत्कृष्ट ब्याटिङमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता लुम्बिनी प्रदेशलाई १ सय ५२ रनको विशाल लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । जारी प्रतियोगितामा यो उच्च योगफल हो । यसअघि गण्डकी प्रदेशले कर्णालीविरुद्ध १ सय ४१ रन बनाएको थियो ।
एपिएफको लागि इन्दु बर्माले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रन बनाइन् । यस प्रतियोगितामा ब्यक्तिगत उच्च स्कोर हो । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।
दोस्रो विकेटका लागि ममता र इन्दुले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान सीता रानामगर ९, राजमति ऐरी २ र रोमा थापाले ३ रन बनाइन् । लुम्बिनीको लागि सरस्वती पुन र शर्मिला रोकाले १-१ विकेट लिइन् ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]