2 years ago
December 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माको सानदार अलराउन्ड प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९० रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै एपिएफ शीर्ष स्थानमा छ ।

जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले २० ओभरमा ९ विकेट गुमाउँदै ६१ रन बनायो । लुम्बिनीकी लक्ष्मी चौधरीले ४९ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफकी इन्दु बर्माले ३ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । इन्दुले ब्याटिङमा ७० रन बनाएकी थिइन् । बिनु बुढाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी र सीता रानामगरले १–१ विकेट लिइन्
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । जारी प्रतियोगितामा यो उच्च योगफल हो । यसअघि गण्डकी प्रदेशले कर्णालीविरुद्ध १ सय ४१ रन बनाएको थियो ।

एपिएफको जितमा इन्दु बर्माले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिइन् । त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रन बनाइन् ।
दोस्रो विकेटका लागि ममता र इन्दुले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । कप्तान सीता रानामगर ९, राजमति ऐरी २ र रोमा थापाले ३ रन बनाइन् । लुम्बिनीको लागि सरस्वती पुन र शर्मिला रोकाले १(१ विकेट लिइन् ।
एपिएफ ३ खेलमा ६ अंकका साथ नेटरनरेटको कारण शीर्षस्थानमा छ । कोशीको ६ अंक भएपनि दोस्रो स्थानमा छ । ७ प्रदेश र नेपाल एपिएफ गरि ८ टोलीबीच प्रधानमन्त्री कप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]