default_image

5 months ago

December 24, 2023

गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित

293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ ।

जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा यसोदा विष्टले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ४१ बलमा ४ चौकासहित ३९ रनमा अविजित रहिन् । विजयी चौका हानेकी यशु पाण्डे ८ रनमा अविजित रहिन् ।

ओपनर हेलिसा गुरुङ १५ बलमा ४ चौकासहित २०, कन्चन श्रेष्ठ १ र सोनी पाख्रिन १७ रनमा आउट भइन् । गण्डकी सृष्टी जैशीले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । आकृति तिवारीले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । गण्डकीको लागि ओपनर अन्जली विश्वकर्माले ४२ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनको योगदान दिएकी थिइन् ।

सीमाना केसी र सुमन खतिवडाले समान २८ रन बनाइन् । सुमनले २२ बलमा ३ चौका तथा सीमानाले ४१ बलमा १ चौका हानिन् । सृर्जना पौडेल ११ र ज्योत्स्निका मरासिनी १ रनमा आउट भए ।

बागमती प्रदेशको लागि कृष्मा गुरुङ, अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले १–१ विकेट लिए । पहिलो खेलमा मधेश प्रदेशलाई २८ रनले हराउँदा कोशी प्रदेशसँग ८ विकेटले हारेको थियो । बागमतीले सोमबार सुदूरपश्चिमसँग खेल्नेछ ।
उता गण्डकी प्रदेश पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा गण्डकीले कर्णालीलाई ४४ रनले हराएको थियो । ८ टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । समान ६ अंक भएपनि नेटरनरेटको कारण एपिएफ शीर्ष र कोशी दोस्रो स्थानमा छन् ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 18, 2024

एपिएफ अपराजित रहँदै च्याम्पियन 

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब अपराजित रहँदै चौथो संस्करणको ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनसिप २०८१ को उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेश माथि २ रनको रोमान्चक जित दर्ता गर्दै एपिएफले चौथो संस्करणमा चौथो पटक नै उपाधि जितेको हो । अन्तिम दुई ओभरमा २९ रन चाहिएको अवस्थामा सुदुरकी कविता जोशीले राजमती […]

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

Success

Thank you for your time.