default_image

5 months ago

December 27, 2023

लक्ष्मीको उत्कृष्ट बलिङमा सुदूर अन्तिम ओभरमा विजयी

700 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लेगस्पिनर लक्ष्मी साउदको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशमाथि पाँच विकेटको जित हात पारेको छ । चौथो जितसँगै सुदूरले शीर्ष दुई सम्भावना पनि बलियो बनाएको छ ।

जितको लागि ८३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरको जितमा कविता जोशीले ३८ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाइन् ।

त्यस्तै सम्झना खड्काले १९ बलमा ३ चौकासहित २१, रेवती धामीले ५, विन्दु रावल र रितु कनौजिया समान ४ रनमा आउट भए । मधेशकी साक्षी यादव र कविता गौतमले समान दुई विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनाएको थियो । मधेशकी ओपनर पुजा महतोले ३१ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाइन् । साना प्रविनले १९ र रोजी कडारीले १० रन बनाइन् ।

सुदूरको लागि लक्ष्मी साउदले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिइन् । जानकी थापा र कविता जोशीले समान एक विकेट लिइन् । नेपाल एपिएफ क्लब ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । कोशी र सुदूरको समान ५ खेलमा ८–८ अंक छ । नेटरनरेटका कारण कोशी दोस्रो स्थानमा छ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

May 22, 2024

बंगलादेश अमेरिकाविरुद्ध स्तब्ध

एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो । बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित […]

May 21, 2024

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र […]

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

Success

Thank you for your time.