2 years ago
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशकी पुजा महतो प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट बलर चुनिएकी छिन् । मधेश लिगबाटै बाहिरिएपनि पुजा उत्कृष्ट बलर चुनिएकी हुन् ।

उनी सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा थिइन् । उनले ७ खेलमा २६.३ ओभरमा ४ मेडनसहित ९६ रन खर्चेर १२ विकेट लिएकी थिइन् । उनले उत्कृष्ट बलर मार्फत ५० हजार प्राप्त गर्नेछिन् ।
उनले ७ खेलमा २ सय १२ रन बनाउनुको साथै १२ विकेट लिएकी थिइन् । सर्वाधिक विकेट लिने खेलाडीमा शीर्षस्थानमा छिन् । उनले यस प्रतियोगितामा कर्णालीविरुद्ध ४९ रन बनाउनुको साथै ४ विकेट लिएकी थिइन् ।
लुम्बिनी प्रदेशविरुद्ध ६० रनमा अविजित रहँदा १ विकेट, सुदूरसँग २७ रन, गण्डकीसँग ३८ र बागमतीसँग २५ रन बनाएकी थिइन् । बलिङमा एपिएफ बाहेक अन्य सबै खेलमा विकेट लिएकी थिइन् ।
मधेशको तीनै खेलमा प्लेयर अफ द म्याच अवार्ड उनले जितेकी थिइन् । यस प्रतियोगिता लिगमा तीन प्लेयर अफ द म्याच जित्ने उनी एक्लो खेलाडी पनि हुन् ।
सर्वोत्कृष्ट : रुविना क्षेत्री (कोशी)
उत्कृष्ट ब्याटर : सुमन खतिवडा(गण्डकी)
उदीयमान खेलाडी : ज्योत्स्निका मरासिनी (गण्डकी)
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]