2 years ago
January 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप एकदिवसीय छनोट प्रतियोगिताको खेल्ने चितवन जिल्लाको सिनियर पुरुष टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ ।

भरतपुरस्थित निर्माणाधिन रंगशालाको नमुना मैदानमा शुक्रबार चितवन जिल्ला क्रिकेट संघले कार्यक्रम गरी जर्सी सार्वजनिक गरिएको हो ।
जर्सीको मुख्य प्रायोजकको रुपमा काठमाडौंस्थित प्राइमो सेक्युरिटिज प्रा. लि. र सह-प्रायोजकको रुपमा नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा. लि. छन् ।
चितवन जिल्ला संघलाई प्राइमोले ३ लाख र सेन्ट्रल कलेजले १ लाख ५० हजार रुपैयाँमा २ वर्षका लागि सम्झौता गरेको बताइएको छ ।
त्यसबाहेक पनि सेन्ट्रल कलेजले संघको कार्यालय संचालनका आवश्यक पर्ने कम्प्युटर, प्रिन्टर लगायतका सामग्री सहयोग गर्ने कलेजका प्रिन्सिपल वाइवी पौडेलले बताए ।

प्राइमो सेक्युरिटीज नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त शेयर कारोबार गर्ने संस्था हो भने सेन्ट्रल कलेज जापान, अष्ट्रेलिया, न्युजील्याण्ड, युरोप लगायतका मुलुकमा विद्यार्थीहरुलाई अध्ययनका लागि शैक्षिक परामर्श दिदै आएको संस्था हो ।
चितवन जिल्लाको क्रिकेट टोलीले खेल्ने हरेक खेलमा प्राइमो सेक्युरिटीज र सेन्ट्रल कलेजको लोगो अंकित जर्सीको प्रयोग गर्नेछ ।
यस्तै प्रभु बैंक लि. ले पनि १ वर्षका लागि ५० हजार रुपैयाँको प्रायोजन ग सम्झौता गरेको छ । हरेक जिल्लाले क्रिकेट गतिविधि निरन्तर गराउन यस्ता किसिमका प्रायोजकन र आन्तरिक श्रोत व्यवस्थापन गर्न आवश्यक रहेको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले बताए ।
बागमती प्रदेश अन्तर्गतको छनोटको समुह बीमा रहेको चितवनले अन्तिम खेलमा नुवाकोटलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह बीबाट चितवन समुह विजेता र नुवाकोट उप-विजेता बनेका छन् । छनोट प्रतियोगिताका सेमिफाइनल र फाइनल खेलहरु मुलपानी मैदानमा हुने बागमती प्रदेश क्रिकेट संघको तालिका रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]