2 years ago
January 8, 2024
मेलवर्न, अस्ट्रेलिया ( हाम्रो खेलकुद ) – नेपाली क्रिकेट टोलीका दुई स्टार खेलाडी कुशल मल्ल र दीपेन्द्र सिंह ऎरि अष्ट्रेलियामा सम्मानित हुने भएका छन् ।

नेप्लिज एशाेसिएसन अफ भिक्टाेरिया (न्याभ)ले हरेक वर्ष आयाेजना गर्ने म्याक्सिम्याक्स न्याभ कप टी-२० क्रिकेट प्रतियोगिताको अवसरमा उनिहरु सम्मानित हुने भएका हुन् ।
न्याभले यस वर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई युवा खेलाडी दीपेन्द्रसिंह एरी र कुशल मल्ललाई विशेष सम्मान गर्ने भएकाे छ ।
प्रतियाेगिताकाे समापनसँगै २ नेपाली खेलाडीलाई सम्मान गरिन लागेकाे न्याभका अध्यक्ष उप्रेतीले आइतबारकाे कार्यक्रममा जानकारी दिए ।
यसै वर्ष चीनमा सम्पन्न एसियाली खेलकुदका दाैरान टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका यी खेलाडीलाइ मेलवर्न आमन्त्रण गरी सम्मान गर्न लागिएको हाे । मंगोलियाविरुद्द कुशलले ३४ बलमा शतक र दिपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गरेका थिए । टि२० आईमा सर्वाधिक छिटो शतक र क्रिकेट इतिहाकै सर्वाधिक कम बलमा अर्धशतक थियो ।
उनीहरुसँगै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पनि अस्ट्रेलिया आउँदै छन् । न्याभ अध्यक्ष उप्रेतीका अनुसार चन्द अस्ट्रेलिया आएकाे समयमा क्रिकेट अस्ट्रेलिया र क्रिकेट भिक्टाेरियाका पदाधिकारीसँग भेटघाट र कुराकानीका लागि प्रयास भइरहेकाे छ ।

१९औं संस्करणमा १७ टिमबीच प्रतिस्पर्धा हुनेछ । आइतबार मेलवर्नमा आयाेजित कार्यक्रममा अर्काे सातादेखि सुरु हुने प्रतियाेगिताकाे खेल तालिका निर्धारण गरिएकाे छ ।
भिक्टोरिया राज्यमा बसाेबास गर्ने नेपाली समुदायबीच प्रतिस्पर्धात्मक क्रिकेटबाट एकीकृत गर्ने उद्देश्यले आयाेजित प्रतियाेगिता १४ जनवरीदेखि सुरु भएर १० मार्चसम्म सन्चालन हुनेछ।
आयाेजक न्याभका अध्यक्ष प्रेमराज उप्रेती, मुख्य प्रायाेजक म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेजका सीईओ शंकर धरेल तथा सहभागी टिमका प्रतिनिधिकाे उपस्थितिमा प्रतियाेगितामा प्रतिस्पर्धा गर्ने चार समूह निर्धारण गरिएकाे छ ।
समूह ए मा मावेन क्रिकेट क्लव, नारे किंग्स, ग्रेस गाेरखाली क्रिकेट क्लव, चितवन राहिनाेज र एक्सपर्ट सगरमाथा ब्लुज रहेका छन् ।
समूह बी मा डाँफे स्ट्राइकर्स क्रिकेट क्लव, चितवन क्रिकेट क्लव, एभरेष्ट लायन्स र गुल्मी टाइगर्स छन् ।
समूह सी मा युनाइटेड वारियर क्रिकेट क्लव, राेयल राइनाेज क्रिकेट क्लव, ट्राइकन क्रिकेट क्लव र ब्राइटन एक्सप्रेस छन् ।
समूह डीमा द हिमालयन क्लब, राइजिङ सन क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स र फार वेष्ट हन्टर्स छन् । फार वेष्ट प्रतियाेगिताकाे साविक विजेता हाे ।
प्रतियाेगिताकाे विजेताले ५ हजार अस्ट्रेलियन डलर र उपविजेताले १ हजार ५ सय डलर पुरस्कार पाउनेछ । सहभागी टिमले १ हजार डलर सहभागी शुल्क बुझाउनु पर्नेछ।
दुई महिनासम्म हरेक सप्ताहान्तमा चल्ने प्रतियाेगिताका दाैरान छुट्टै च्यारिटी क्रिकेटको पनि आयोजना हुनेछ । साे खेलबाट संकलित सम्पूर्ण रकम नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरिने न्याभले जनाएको छ।
मुख्य प्रयाेजक म्मयाक्सिम्याक्सका सीईओ धरेलले
भिक्टोरियाका नेपाली समुदायकाे सामिप्यताका साथै भावी दिनमा नेपाल क्रिकेटकै बिकासमा अहम् भूमिका खेल्ने विश्वास व्यक्त गरे । म्याक्सिम्याक्सले लगातार दाेस्राे संस्करण प्रतियाेगिताकाे मुख्य प्रायाेजन गरेकाे हाे ।
‘नेपाली समुदायबीच प्रतिष्ठित बनिसकेको याे प्रतियाेगितासँग सहकार्य गर्न पाउनु हाम्रा लागि गर्वकाे विषय हाे’, कार्यक्रममा सीइओ धरेलले भने ।
न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले भिक्टोरियाकाे नेपाली समुदायको समुन्नतिका लागि स्थापित संस्थाले क्रिकेटलाइ प्रमुख कार्यक्रमका रुपमा सन्चालन गरिरहेकाे बताए । उनले आगामी दिनमा नेपाल क्रिकेटलाइ विश्वव्यापीकरण गर्न भूमिका खेल्नेसमेत बताए । उनले भने, ‘नेपाल क्रिकेटलाइ अस्ट्रेलियाको क्रिकेट संरचनासँग जाेड्नका लागि न्याभले पुलकाे काम गर्नेछ।’
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]