default_image

2 years ago

January 9, 2024

लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति

2395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ ।

प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई पराजित गर्दै बाँकेले जितेको थियो । लुम्बिनीले प्रदेश छनोटको लागि २२ खेलाडी बन्द प्रशिक्षणमा बोलाएकोछ । जसमा लुम्बिनीको बन्द प्रशिक्षणमा सिद्धान्त शाही, मोहम्मद सादब अन्सारी र लवकुश यादव बाँकेबाट परेका छन् ।

‘बन्द प्रशिक्षणमा बोलाएको २२ जना खेलाडी कुन आधारमा गरिएको हो ? च्याम्पियन बाँकेबाट तीन मात्रै खेलाडी र अरु खेलाडी किन नपरेको हो ? खेलाडी छनोटको आधार के हो ? यसरी आफ्नो मान्छेलाई छनोट गर्ने किसिमको कार्य बाँकेले विरोद गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा नपठाउने निर्णय गरेका छौं’, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले एक प्रेस विज्ञप्तिमा भनेका छन् ।

लुम्बिनीको टोलीमा यस पटक आफ्ना प्रमुख नाम चलेका खेलाडी छैनन् । सौरभ खनालले क्रिकेट खेल्न छाडेका छन् । देव खनाल, विशाल विक्रम केसी र आकाश त्रिपाठी यू१९ विश्वकपको कारण टोलीमा छैनन् । त्यस्तै बसिर अहमद र सन्दीप रजाली आर्मी गई सकेका छन् । देव पनि यू१९ पछि आर्मी जाने तयारीमा रहेका छन् ।

लुम्बिनीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

सुशान्त सिंह थापा (कप्तान), मोहम्मद सादव अन्सारी, लवकुस यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अली, अजित यादव, नरबहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मिर्नल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, बृष्णु कटारिया, प्रज्जवल थापा, विराट भण्डारी, बिर बहादुर सरु मगर, मोहन खत्री, मोहम्मद हुसेन, प्रतिक भट्टाराई र निर्मल गुरुङ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.