2 years ago
January 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णालीविरुद्ध सानदार सुरुवात गरेको छ । सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले २२ ओभरमा कुनै विकेट नगुमाई १ सय २० रन बनाएको छ ।

ओपनर खडक बोहरा ६६ बलमा ६ चौकासहित ५९ रनमा क्रिजमा छन् । टेक रावत ७२ बलमा ७ चौकासहित ४७ रनमा क्रिजमा छन् ।
यस संस्करणमा ओनपरले पहिलो पटक शतकीय साझेदारी गरेका हुन् । यसअघि पहिलो खेलमा बागमती प्रदेशका ईशान पाण्डे र आशुतोष घिरैयाले नेपाल पुलिस क्लबविरुद्ध पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।
सुदूरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको थियो । कर्णाली प्रदेशले गण्डकीलाई ७ विकेटले हराएको थियो ।
टियुमा पुलिस क्लबविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले २१ ओभरमा ४ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।
सुजन थपलिया ३१ रनमा खेलेका छन् । उता मुलपानीमा मधेश प्रदेशविरुद्ध बागमती २० ओभरमा ५ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]