default_image

2 years ago

February 8, 2024

युवालाई अवसर दिँदै नेपालको नयाँ यात्रा

1590 views

0 Bookmark

सन्देश सिग्देल, काठमाडौं

गतवर्ष चमत्कारिक प्रदर्शन गर्दै आफ्नो एकदिवसीय मान्यता जोगाएर विश्वकप छनोट यात्रा तय गरेको नेपाल आईसीसी विश्व क्रिकेट लिग दुईको नयाँ सिजन सुरुवातको लागि तयारी गरिरहेको छ । त्यसअघि नेपालका लागि पहिलो चुनौती क्यानाडा टोली रहेको छ ।

उत्तर अमेरिकी राष्ट्र क्यानडा हिउँले ढाकेको बेलामा मार्चमा आफ्नो लिग-२ अभियान सुरु हुनु अघि अभ्यास गर्ने उद्देश्यका साथ एशियाको भ्रमण गरिरहेको छ । सिनियर नेपाली टोलीसँगको तीन खेलको एकदिवसीय शृंखलापछि क्यानडाले नयाँ स्थापित नेपाल ए टोलीसँग खेलहरुका लागि पनि आफ्नो नेपाल बसाइलाई लम्ब्याउनेछ ।

तर सबै भन्दा पहिले, टियु क्रिकेट मैदानमा मा चुनौतीका रुपमा नेपाली टोली पर्खिरहेको छ । नेपालले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायकेको मानसिक शक्तिको सामना गर्नेछ । पुबुदुले नेपालको अन्तर्राष्ट्रिय क्रिकेट वरियतामा उकालो लाग्न र बंगलादेशमा २०१४ मा हुने टि-२० विश्वकपका लागि छनोट हुनुमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

पुबुदु नेपाललाई राम्ररी चिन्ने व्यक्ति हुन् । आफ्नो दुई कार्यकालको माध्यमबाट – एउटा अत्यधिक सफल र अर्को केहि कमजोर, पुबुदुले नेपाली टोलीको सदस्य रहेका विभिन्न खेलाडीहरूसँग काम गरेका छन् । उनकै निर्देशन र प्रशिक्षणम केहि खेलाडीहरु आज नेपाली टोलीमा आफुलाई सफल अवस्थामा देखिरहेका छन् ।

उनको नेपालसँग पहिलो कार्यकाल जस्तै, क्यानाडासँगको उनको काममा नकारात्मक भन्दा बढी सकारात्मक पक्षहरु छन् । सबैभन्दा पहिले, च्यालेन्ज लिगमा रहेको क्यानडाले गत वर्ष नामिबियामा क्वालिफायर प्लेअफमा सफल नतिजासँगै २०१४ यता पहिलो पटक एकदिवसीय मान्यता प्राप्त गरेको छ ।

मलेसियासँग त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पराजित भएपछि क्यानडाको हङकङको यात्रा सुखद अन्त्य हुन सकेन । कीर्तिपुरमा आगामी यात्रा भने अझै कठिन हुनेछ, यो तथ्य क्यानडाली टोलीले राम्रोसँग स्वीकार गरेको छ । तर, कठिन यात्राबाट हिच्किचिनुको सट्टा, क्यानाडा टोली चुनौतीबाट उत्साहित छ ।

क्यानडाका कप्तान साद बिन जाफरले नेपालमा समर्थकहरुमा सिर्जना गर्ने वातावरणको बारेमा आफु सचेत रहेको कुरालाई जोड दिँदै यहाँ खेल्न पाउँदा आफू उत्साहित रहेको बताएका समेत छन् । क्यानडाले नेपालमा लिग-२ का कुनै पनि खेल नखेल्ने भए पनि जफरले आगामी शृङ्खलाका लागि आफ्नो खुसी व्यक्त गरेका छन् । प्रशिक्षक दासानायकेले आफ्नो कप्तानको भावनालाई प्रतिध्वनित गर्दै नेपाल पुन: भ्रमण गर्दा आफ्नो खुशी थपे ।

जफरले हङकङमा आफ्नो टोलीको नतिजाले आफ्नो टोलीको पराक्रमलाई सही रूपमा प्रदर्शन गर्दैन भन्ने कुरामा समेत जोड गरेका छन् । क्यानडाले हङकङमा युवा खेलाडीहरूको प्रयोग गरेको र नेपालमा बलियो टोली खडा गर्ने कप्तानको भनाई छ ।

अर्कोतर्फ, नेदरल्यान्ड्स र नामिबिया विरुद्धको महत्वपूर्ण लिग-२ त्रिकोणात्मक शृंखला अघि नेपाल यस शृङ्खलामा युवा खेलाडीलाई मौका र केही नियमित खेलाडीहरूलाई विश्राम दिने क्रममा छ । यु-१९ विश्वकपका नायक आकाश चन्द र चोटका कारण नेपालमा पुनर्स्थापना गर्दै आएका हेमन्त धामीले पहिलो पटक अन्तर्राष्ट्रिय कल अप प्राप्त गरेका छन् । यु–१९ कप्तान देव खनाल पनि सिनियर टोलीमा फर्केका छन् ।

यसबाहेक, मधेश प्रदेश फर्केका पवन सर्राफ र अनिल शाह पनि टोलीमा पुनरागमन गर्न सफल भएका छन् । दीपेन्द्र सिंह ऐरी, गुलशन झा र करण केसीलाई समय व्यवस्थापनका कारण आराम दिइएको छ ।

बागमती प्रदेशका बायाँ हाते तीव्र बलर रिजन ढकालले प्रदेशका सहकर्मी तथा राष्ट्रिय टोलीका नियमित खेलाडी प्रतिस जीसीलाई पछि पार्दै पहिलो पटक टोलीमा स्थान बनाएका छन् । एकदिवसीय क्रिकेटमा डेब्यु गर्न बाँकी रहेका प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी सूर्य तामाङ पनि अन्तर्राष्ट्रिय दृश्यमा स्ट्राइक-स्पिनरको रिक्ततालाई भर्ने लक्ष्यसहित टोलीमा फर्किएका छन् ।

गत वर्ष आफ्नो एकदिवसीय मान्यता गुमाउने नजिक पुगेको नेपाली टोलीलाई मोन्टी देसाईको आगमनले चमत्कारी नतिजाको सुरुवात गरेको थियो । १२ खेलहरू मध्ये ११ जित र अपराजित एसीसी प्रिमियर कप अभियान, एसिया कपमा सहभागिता र टि-२० विश्वकपको लागि छनोट, मुख्यतः घरेलु मैदानमा हासिल भएको उपलब्धिले देसाईको सिद्धान्तहरूको प्रभावलाई जोड दिन्छ ।

राष्ट्रिय टोलीका लागि खेलाडीको संख्या विस्तार गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहेका देसाईले ‘ए’ टोली गठन, प्रधानमन्त्री कपको विस्तार र यू–१९ खेलाडीको वीरताले आफ्नो प्रयास सफल भएको देखेका छन् । तर, देसाईको हालसम्मको लगभग दोषरहित कार्यकालपछिको मुख्य चुनौती यी नतिजालाई निरन्तरता दिनु हो । सोही सफलता दोहोर्याउने आशा गर्नु मूर्खता भने हुनेछ । किनकी नेपालले घरेलु मैदानमा आफ्ना सबै खेल खेल्ने छैन ।

पछिल्लो एक वर्ष अविश्वसनीय कथा जस्तै थिए, तर अगाडिका चुनौतीहरू एकदम वास्तविक छन् । देसाईले नेपाललाई टेस्ट राष्ट्रको हैसियतमा उचाल्ने दिर्घकालिन चाहना राखेका छन् । यो महत्वाकांक्षा तर्फको यात्रा १२ महिना अघि सुरु भएको थियो । आजबाट सुरु भएको नयाँ चक्रले नेपाली फ्यानहरूले आफ्नो क्रिकेट टोलीका लागि राखेका ठूला लक्ष्यहरूको परिक्षा गर्नेछ ।

‘उत्साहका साथ अज्ञातमा हिड्ने’। यो देसाईको मन्त्र हो। र साँच्चै, यो क्रिकेट टोलीको लागि अगाडि जे छ, आज उत्साहसहितको सुरुवात हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.