default_image

2 months ago

February 25, 2024

प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका […]

8179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट परिषद (एसीसी) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ए मा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी समूह ए मा रहेका छन् । समूह बी मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

अप्रिल १२ देखि २१ सम्म चल्ने टि२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल कतारसँग खेल्नेछ । तेस्रो खेल हङकङसँग खेलेपछि समूहको अन्तिम खेल १७ अप्रिलमा साउदीसँग हुनेछ ।

दुवै सेमिफाइनल १९ अप्रिलमा छ । फाइनल खेल २१ अप्रिलमा रहेको छ । २२ अप्रिल रिजर्भ डे पनि राखिएको छ ।

प्रतियोगिताको विजेताले एसीसी एसिया कपमा स्थान बनाउनेछ ।

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

Success

Thank you for your time.