default_image

1 month ago

March 5, 2024

फाइनलमा नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन […]

5552 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह

April 15, 2024

मुम्बईमाथि चेन्नईको जित

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो […]

April 14, 2024

हङकङ साउदी अरबविरुद्ध स्तब्ध

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसिसि प्रिमियर कपमा हङकङ साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंगलाई साउदीले ५५ रनको हार चखाएको हो । साउदीले दिएको २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १ सय ४७ रनमा समेटियो । हङकङका लागि कप्तान निजाकत खानले […]

April 14, 2024

अकिबको ह्याट्रिकमा ओमानले कम्बोडियालाई हरायो

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर अकिब इल्यासले ह्याट्रिक लिएपछि एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह बी को खेलमा आयोजक ओमानले कम्बोडियालाई ६३ रनले पराजित गरेको छ । अल अमेरत मैदानमा आइतबार वर्षाले खेलको सुरुवात प्रभावित भएपछि ११ ओभरमा घटाइएको थियो । कम्बोडियाले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिने निर्णय सफल भने भएन । […]

Success

Thank you for your time.