9 years ago
January 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) को संयुक्त आयोजनामा चैत ५ देखि १९ सम्म हुने धनगढी प्रिमियर लिगले जगशक्ति टि.एम.टि बार को साथ पाएको छ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जगदम्बा इन्टरप्राइजेज प्रा.लि. को उत्पादन जगशक्ति टि.एम.टिले डिपिएललाई नगद रु. ७ लाख प्रायोजन गर्ने जानकारी दिइयो। यससंगै अब प्रतियोगिताको नाम “सगरमाथा सिमेन्ट धनगढी प्रिमिएर लिग पावोर्ड बाइ जगशक्ति टिएमटि बार” हुनेछ।
यससंगै प्रतियोगिताको प्रत्यक्ष प्रशारण डीश होम टेलिभिजनले गर्ने पनि घोषणा गरियो। प्रतियोगिताको खेलहरु अन्चल प्रहरी कार्यालयको धनगढीस्थित मैदानमा सञ्चालन गर्ने बताइएको छ । प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको अनुमानित बजेट रु. १ करोड ६० लाख रहेको छ।
धनगढी प्रिमियर लिग टिम र कप्तानहरु:
सीवाईसी अत्तरिया – ज्ञानेन्द्र मल्ल
विराटनगर किङ्स – शरद भेषावकर
काठमाडौं गोल्डेन्स – वसन्त रेग्मी
रुपन्देही च्यालेन्जर्स – शक्ति गौचन
कन्चनपुर आइकोनिक – विनोद भण्डारी
टिम चौराहा धनगढी – पारस खड्का
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]