default_image

2 years ago

April 9, 2024

हैदराबादको पञ्जाबविरुद्ध रोमाञ्चक जित

3505 views

0 Bookmark

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार भएको खेलमा सनराईजर्स हैदराबादले रोमाञ्चक जित दर्ता गरेको छ । हैदराबादले पञ्जाव किंग्स विरुद्ध २ रनको झिनो जीत दर्ता गरेको हो ।

हैदराबादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पञ्जावलाई जितका लागि २९ रन चाहिएको थियो । आशुतोष शर्माले पहिलो बलमा जयदेव उनादकटको बलमा छक्का प्रहार गरे । त्यसपछि उनादकटले लगातार दुई वाइड गरे तेस्रो बलमा पनि आशुतोषले छक्का प्रहार गरे । चौथो बलमा दुई रन आयो । २ बलमा ११ रन चहिएकोमा पाँचौं बलमा १ रन मात्र आएको थियो । अन्तिम बलमा शशाङ्क शर्माले छक्का प्रहार गरेपनि खेल हातबाट गइसकेको थियो ।

पञ्जाबका लागि शशाङ्कले २५ बलमा प्रहार गरेको ४६ रन नै सर्वाधिक रहेको थियो । यस्तै आशुतोषले १५ बलमा ३३ रनको विष्फोटक इनिङ खेलेपनि हार भने टार्न सकेनन् ।

स्याम करन र सिकन्दर राजाले क्रमसः २९ र २८ रन जोडेका थिए ।

हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १-१ विकेट लिए ।

त्यसअघि चण्डीगढमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । हैदराबादका लागि युवा ब्याटर नितिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्का सहित ६४ रन बनाएका थिए । यस्तै अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रदर्शन गरेका थिएनन् ।

पञ्जावका लागि अर्श्दिप सिंह एक्लैले ४ विकेट लिए भने स्याम करन र हर्षल पटेलले समान २-२ विकेट लिए । यस्तै कागिसो रबाडाले १ विकेट लिए ।

जित पछि ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौं स्थानमा छ भने ५ खेलमा २ खेल जितेको पञ्जाब छैठौं स्थानमा छ ।

आईपिएलमा बुधवार हुने खेलमा राजस्थान रोयल्स र गुजरात टाईटन्स भिड्ने छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.