2 years ago
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कप २०२४ मा घरेलु टोलीले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गतको खेलमा ओमानले बहराइन माथि ३ विकेटको जित हात पारेको छ ।
ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा ११ रन चाहिएकोमा ओमानका बिलाल खानले ७ रन मात्र दिए ।
सबै ६ बल खेलेका अहमेर बिनले पहिलो बलमा चौका प्रहार गरेका थिए भने दोस्रो र तेस्रो बलमा कुनै रन बनाउन सकेनन् । चौथो बलमा २ रन प्रहार गरेपनि उनले पाँचौं बलमा पुनः रन बनाउन सकेनन् । अन्तिम बलमा ५ रन चाहिएपनी उनले १ रन मात्र बनाउन सके ।

बहराइनका लागि इमरान अलिले ३४ बलमा ५० रन प्रहार गरे । यस्तै कप्तान हैदर बटले २७ बलमा ४७ रन बनाउँदा अहमर विन नासिरले ३८ रन जोडे ।
ओमानका लागि बिलाल खान, शकील अहमद, फयाज बट र एकिन इलयासले समान २-२ विकेट लिए ।
त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा मात्र ३ विकेट गुमाएर १७७ रन बनायो । ओमानका लागि अकिब इलयासले ५३ बलमा सर्वाधिक ६२ रन बनाए ।
यस्तै कप्तान जिशन मक्सुदले २५ बलमा ४५ रन बनाएर नटआउट रहे । कश्यप प्रजापतिले ३८ रन बनाएका थिए ।
बहराइनका अलि दावुद, रिजवान बट र अब्दुल माजिदले समान १-१ विकेट लिए ।

आज नै भएको समूह बी अन्तर्गतको खेलमा युएईले कुवेत माथि ७ विकेटको जित निकाल्यो ।
प्रतियोगितामा आज नै थप दुई खेल हुँदै छन् । नेपाली समय अनुसार ४:१५ बजे नेपाल र मलेसिया भिड्दा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]