default_image

2 years ago

May 11, 2024

ललितपुर मेयर्स कप क्रिकेट आजदेखि, रुविना नखेल्ने

556 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आजदेखि ललितपुर मेयर्स कप २०८१ सुरु हुँदैछ ।

प्रतियोगितामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को सेमीफाइनल पुग्न सफल नेपाल एपिएफ क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशसँगै ललितपुर मेयर्स ११ गरी कुल ५ टोलीको सहभागिता रहनेछ । मेयर्स-११ मा अन्य प्रदेशका शीर्ष खेलाडी सम्मिलित छन् ।

प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुनेछ भने शीर्ष २ टोलीले उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । आज हुने खेलमा ललितपुर मेयर्स ११ र बागमती प्रदेश खेल्दैछन् ।

यसपटक कोशी प्रदेशकी कप्तान तथा राष्ट्रिय टोलीको पूर्व कप्तान रुविना क्षेत्रीले प्रतियोगिता नखेल्ने भएकी छिन् । मलेसियामा गत साता सम्पन्न प्रतियोगिता दौरान हातमा चोट लागेपछि उनले विश्राम लिने निर्णय गरेकी हुन् ।

नेपालले यसै जुलाईमा महिला एसिया कप खेल्दैछ । उक्त प्रतियोगिताका लागि पनि मेयर्स कपबाट खेलाडीले प्रभाव पार्न सक्नेछन् । क्यानले हालसम्म महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक दिर्घकालिन नियुक्ति भने दिएको छैन । पछिल्लो प्रतियोगितामा मनोज कटवाल प्रशिक्षक थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.