2 years ago
May 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् ।
काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।
सफाइ पाएलगत्तै गत बुधवार नै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।
विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । बिहीबार छलफलबाट सकारात्मक जवाफ आएको व्यहोरा समेत क्यानले जानकारी दिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]