2 years ago
May 22, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकामा क्रिकेटको विकासको लागि वकालत गर्दै आएको साथी बाल्टिमोर नामक नाफारहित संगठनले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका लागि एक अभियान सुरु गरेको छ । नेपाल स्थित अमेरिकी राजदूतावासले बुधवार लामिछानेलाई भिसा दिनबाट अस्विकार गरेपछि साथी बाल्टिमोरले दवाब दिने अभियान सुरु गरेको हो ।
साथी बाल्टिमोरले यस अभियानमार्फत सन्दीपको भिसाका लागि दबाब दिन मेरिल्याण्ड राज्यका सिनेटरसँग सम्पर्क राख्ने प्रयास समेत गरिरहेको छ ।
“हामी, अधोहस्ताक्षर, सन्दीप लामिछानेलाई टि-२० विश्वकपमा सहभागितालाई सक्षम पार्न अमेरिकाको भिसा प्रदान गर्न सम्बन्धित अधिकारीहरूलाई सम्मानपूर्वक आग्रह गर्दछौं”, साथी बाल्टिमोरको विज्ञप्तिमा लेखिएको छ ।
“सन्दीप लामिछानेलाई टी–२० विश्वकपमा सहभागी हुन नदिने विश्व क्रिकेट समुदायको अपमान हो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ । “सन्दीपलाई भिसा दिनु खेलकुद, निष्पक्ष खेल र विश्वव्यापी क्रिकेटको प्रवर्द्धनका मूल्यहरूसँग पङ्क्तिबद्ध हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले सन्दीप लामिछानेलाई अमेरिकाको भिसा दिन हामी अधिकारीहरूलाई सम्मानपूर्वक अनुरोध गर्दछौं ।”
बुधवार सन्दीप लामिछानेको अमेरिकी भिसा नेपाल स्थित अमेरिकी राजदूतावासले दिन अस्विकार गरेको थियो । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]