2 years ago
May 24, 2024
ह्युस्टन (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ । ह्युस्टन हुरीकेन्स विरुद्ध प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ ।
खेल हाम्रो खेलकुद मार्फत प्रतक्ष्य प्रसारण समेत हुनेछ ।
नेपाली टोली आउँदो टि-२० विश्वकपका आफ्ना दुई खेल हुने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध टिम अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो । सो तीन खेलको शृंखलामा नेपाल २-१ ले विजयी भएको थियो ।
नेपाली टोलीका अल-राउन्डर दीपेन्द्र सिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् । चोटका कारण उनले यस खेल गुमाउने नेपालका कप्तान रोहित कुमार पौडेलले हाम्रो खेलकुद सँगको।कुराकानीमा बताएका थिए ।
ह्युस्टनमा आज र भोलि २ अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]