default_image

2 years ago

May 30, 2024

नेपाल र अमेरिकाबीच खेल वर्षा कारण ढिलाई

690 views

0 Bookmark

डालास (हाम्रो खेलकुद) – आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्म अप खेल अझै सुरु भएको छैन । स्थानिय समय अनुसार बिहान १०ः३० बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण रोकिएको थियो ।

दिउँसो १२ः३० बजे समय तयार पर्दा वर्षा रोकिएको छ । तर, अझै खेल हुनु नहुने औपचारिक अपडेट आएको छैन । टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । टेक्सस डालासस्थित ग्रान्ड प्रेरी मैदानमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जित्दा नेपालले पहिलो फिल्ड गर्ने भएको हो ।

नेपालले वार्म अपको पहिलो खेलमा सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । त्यस्तै अमेरिकाको बंगलादेशबीच मंगलबार हुने भनिएको खेल भने खराब मौसमका कारण रद्द भएको थियो । वार्म अप खेल भएकाले दुवै टोलीले आफ्नो सबै १५ खेलाडी प्रयोग गर्न पाउने प्रावधान छ । नेपालले पछिल्लो खेलमा १२ खेलाडी प्रयोग गरेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.