1 year ago
July 28, 2024
एजेन्सी – श्रीलंका भ्रमणमा रहेको भारतले ३ वटा टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा आइतवार घरेलु टोलीबाट मध्यम विजयी लक्ष्य पाएको छ ।
श्रीलंकाबाट जितका लागि भारतले १ सय ६२ रनको लक्ष्य पाएको छ ।
श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।
ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए ।
भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।
भारतले पहिलो टि ट्वान्टी आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ ।
यो खेल जित्दै भारत एक खेलअघि नै सिरिज आफ्नो नाम गराउन चाहन्छ । श्रीलंका यस खेलमा जित निकाल्दै सिरिजमा जिवित रहन चाहन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]