default_image

1 year ago

August 4, 2024

लिग टु को बन्द प्रशिक्षणमा २२ खेलाडी

1612 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि २२ खेलाडी डाकिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडीको नाम आइतवार सार्वजनिक गरेको हो ।

क्यानडामा आयोजना हुने त्रिकोणात्मक ओडिआई सिरिजमा सहभागीता रहने बन्द प्रशिक्षणका लागि टोलीको घोषणा भएको हो ।

नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान २ खेल्ने प्रावधान रहेको छ ।

नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गरेको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामागं, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.