1 year ago
August 16, 2024
एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का सचिव जय शाहले आगामी अक्टोबरमा हुने महिला टि ट्वान्टी विश्वकप आयोजनाका लागि आइसिसीको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन् । आइसिसीले यस विषयमा अगष्ट २० मा अन्तिम निर्णय गर्ने बताइएको छ ।
आगामी अक्टोबर ३ देखि २० सम्म आयोजना हुने प्रतियोगिताका लागि सम्भावित विकल्पका रुपमा भारत, श्रीलंका र संयुक्त अरब इमिरेट्स (युएई) लाई आईसिसीले अघि सारेको थियो । विकल्पबाट भारत भने बाहिरिएको छ ।
‘आइसिसीले हामीलाई विश्वकप आयोजना गर्ने कि नगर्ने भनेर सोधेको थियो ,’ शाहले भने, ‘मैले स्पष्ट रुपमा नाइँ भनेको छु । हामी मनसुनमा छौं र त्यसमाथि हामी अर्को वर्ष महिला ओडिआई विश्वकप आयोजना गर्नेछौं ।’
बंगलादेशमा सरकार विरोधी आन्दोलनका कारण कैयौँको मृत्यु हुनुका साथै शेख हसिना सरकारको सत्ताच्युत भएपछि हिंसा र सुरक्षा चुनौतीको चपेटामा परेपछि आइसिसीले आयोजना स्थल परिवर्तनको विचार गरिरहेको छ ।
आइसिसीका एक अधिकारीले यसै साताको सुरुमा बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको बताएका थिए । ‘आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), तिनका सुरक्षा निकाय र हाम्रा आफ्नै स्वतन्त्र सुरक्षा परामर्शदातासँग समन्वय गरेर घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । हाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा र कल्याण हो, ‘ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बंगलादेशको नयाँ अन्तरिम सरकारले प्रतियोगितालाई बचाउने अन्तिम प्रयास गरिरहेको छ । इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतलगायत सहभागी टोलीका सरकारहरूले जारी गरेको कडा यात्रा अनुमती बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का लागि सबैभन्दा ठूलो अवरोध हो।
प्रत्यक्ष वा अप्रत्यक्ष राजनीतिक सम्बन्ध भएका थुप्रै बोर्ड निर्देशकहरू पनि सम्पर्कविहीन भएका छन् ।
बंगलादेशको पुरुष टेस्ट टोली दुई खेलको टेस्ट सिरिजका लागि अहिले पाकिस्तान भ्रमणमा छ । प्रदर्शनका कारण बंगलादेशमा प्रशिक्षण प्रभावित भएपछि उनीहरु चाँडै पाकिस्तान गएका हुन् । अर्को महिना दुई टेस्ट र तीन टि ट्वान्टी खेलका लागि भारत भ्रमण गर्ने कार्यक्रम छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]