1 year ago
September 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ । क्यानडा क्रिकेटले बुधबार त्रिकोणात्मक ओडिआई र टि ट्वान्टी सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।
विश्कप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिज पछि नेपालले टि ट्वान्टी आई सिरिज खेल्दैछ । सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुने भएका छन् ।
खेलतालिका अनुसार भदौ ३१ देखि असोज १० सम्म ओडिआई सिरिज हुनेछ । असोज १२ देखि १७ गते सम्म टि ट्वान्टी सिरिज हुनेछ ।
त्रिकोणात्मक सिरिजमा नेपाल, घरेलु टोली र ओमान सहभागी हुनेछन् । नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग र दोस्रो खेल असोज २ मा ओमानसँग रहेकोछ । तेस्रो खेलमा असोज ६ मा क्यानडाको सामना गर्दा असोज ८ मा ओमानविरुद्ध रहेको छ ।
ओडिआई सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी सिरिज हुनेछ । सिरिजको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ मा ओमानसँग खेल्नेछ । तेस्रो खेलमा नेपालले असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।
टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने नेपाल क्रिकेट संघ(क्यान) द्वारा जारी बार्षिक क्यालेन्डरमा रहेको छ । त्यसपछि लिग टूको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाल अमेरिका जानेछ ।
क्यानडामा हुने लिग टु तथा टि ट्वान्टी सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली हाल श्रीलंकामा रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]