1 year ago
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडी हरेकको मुल्य २० लाख रुपैयाँ तोकिएको छ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलसहित टोलीका अन्य सदस्य दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई मार्की खेलाडीका रुपमा घोषणा गरेको हो ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले मार्की खेलाडी हरेकको २० लाख रुपैयाँ तोकिएको जानकारी दिए।
पछिल्लो समयको प्रदर्शन हेरेर खेलाडीको घोषणा गरिएको क्यानले जनाएको थियो।
यस संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ हुदैछ । केही दिन अघि एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाइजीलाई विभिन्न व्यापारिक घरानाहरुले आफ्नो स्वामित्वमा लिएका थिए ।
क्यानले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै गोलाप्रथाका आधारमा मार्कीको टोली छनोट गरेको थियो।
टिम – मार्की खेलाडी
काठमाडौं – करण केसी
पोखरा – कुशल भुर्तेल
चितवन – कुशल मल्ल
विराटनगर – सन्दीप लामिछाने
लुम्बिनी – रोहित पौडेल
जनकपुर – आसिफ शेख
कर्णाली – सोमपाल कामी
सुदूरपश्चिम – दीपेन्द्र सिंह ऐरी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]