1 year ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले १४ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३२ रन बनाएको छ । नेपालका दुवै ओपनर अर्जुन साउद र आसिफ शेख तथा भीम सार्की आउट भएका छन् । साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए ।
करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।
अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन् । नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । क्रिजमा कप्तान रोहित पौडेल र आरिफ शेख छन् ।
ओमानविरुद्धको खेलमा नेपाली टोलीमा तीन खेलाडीले परिवर्तन गरिएको थियो। सोमवार क्यानडासँगको खेलमा टोलीमा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बेन्चमा छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका हुन् । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]