default_image

1 year ago

September 30, 2024

ब्रान्ड लजिकलाई एनपिएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

1432 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ।

आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको सहकार्यमा एनपिएल थप व्यवस्थित र दिगो बनाउने अपेक्षा क्यानको छ ।

कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

प्रसारणसँगै प्रायोजनको व्यवस्थापन

अब ब्रान्ड लजिकले एनपिएलका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ । साथै, विभिन्न प्रायोजकलाई समन्वय गर्दै एनपिएलको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।

सम्झौतासँगै लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचारप्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए ।

उनले भने, ‘क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। एनपिएललाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्‍याउन सक्ने जिम्मेवारी पाउँदा गर्व लागेको छ।’

उनले थपे, ‘नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो । म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्‍याउनेछौं।’

८ टोलीको सहभागितमा मंसिर १६ देखि पुस ६ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपिएल सन्चालन हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.