1 year ago
October 9, 2024
एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ ।
बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो ।
१ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो ।
स्कटल्यान्डका लागि काथरेनी फर्सिरले १४ तथा अलिसा लिस्टरले १२ रन जोडिन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलिको मलावाले ३ तथा नदिनी डि कालरिकले समान २ विकेट लिए ।
दुबई क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६६ रनको योगफल तयार गरेको थियो ।
दक्षिण अफ्रिकाका लागि मरिजाने कप्पा र ताज्मिन ब्रिटसले समान ४३ तथा कप्तान लौरीले ४० रन जोडिन् ।
३ खेलमा ४ अंकका साथ दक्षिण अफ्रिका समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान खेलबाट अंकबिहिन स्कटल्यान्ड एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधवारकै दोस्रो खेलमा भारत र श्रीलंका खेलिरहेका छन् । विश्वकपमा १० राष्ट्रको सहभागिता छ । समूह ‘ए’ मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् ।
समूह ‘बी’ मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]