default_image

1 year ago

October 17, 2024

एकैदिन १६ विकेट खस्यो

1007 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको दोस्रो टेस्टको तेस्रो दिन १६ विकेट झरेको छ । इङ्ग्ल्यान्ड ३ टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको छ ।

तेस्रो दिनको सुरुवातमा पाहुना टोलीले पहिलो इनिङको बाँकी ४ विकेट गुमायो । त्यसपछि घरेलु टोलीले दोस्रो इनिङको १० तथा पाहुना टोलीले दोस्रो इनिङको २ विकेट गुमायो । बेन डुकेटको शतकका बाबजुद पाहुना टोलीले पहिलो इनिङमा २ सय ९१ रन मात्र जोड्न सक्यो ।

टोलीका लागि डुकेटले १ सय २९ बलमा १ सय १४, जो रुटले ३४, ओली पोपले २९, ज्याक क्रलीले २७ तथा ज्याक लिचले नट आउट २५ रन बनाए । पाकिस्तानका लागि साजिद खानले २६.२ ओभरमा १ सय ११ रन खर्चिएर ७ विकेट लिए । नोमान अलिले ३ विकेट लिए । पहिलो इनिङमा इङ्ग्ल्यान्ड ७५ रनले पछि परेको थियो ।

इङ्ग्ल्यान्ड पहिलो इनिङमा २ सय ९१ रनमा समेटिए पछि दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले २ सय २१ रन मात्र जोड्न सक्यो । टोलीका लागि सलमान आगाले सर्वाधिक ६३, साउद सकिलले ३१, कमरान गुलामले २६, सइम अबयु र साजिद खानले समान २२ तथा कप्तान शान मक्सुदले ११ रन जोडेका थिए ।

भ्रमणकारी टोलीका लागि शोयब बसिरले ४, ज्याक लिचले ३ तथा म्याथ्यु पोटले १ विकेट लिए । घरेलु टोलीले दोस्रो इनिङमा २ सय ९६ रनको अग्रता लिएको थियो ।

२ सय ९७ रनको लक्ष्यका साथ आजै दोस्रो इनिङको सुरुवात गरेको भ्रमणकारी टोलीले तेस्रो दिन‌ बिहीवारको खेल सकिँदा २ विकेट गुमाएर ३६ रन जोडेको छ । टोलीका ओली पोप र जो रुट क्रिजमा छन् ।

त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले कमरान गुलामले डेब्यु खेलमा नै शतक प्रहार गरेपछि ३ सय ६६ रन बनाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.