default_image

1 year ago

October 17, 2024

एकैदिन १६ विकेट खस्यो

1004 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इङ्ग्ल्यान्डबीचको दोस्रो टेस्टको तेस्रो दिन १६ विकेट झरेको छ । इङ्ग्ल्यान्ड ३ टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको छ ।

तेस्रो दिनको सुरुवातमा पाहुना टोलीले पहिलो इनिङको बाँकी ४ विकेट गुमायो । त्यसपछि घरेलु टोलीले दोस्रो इनिङको १० तथा पाहुना टोलीले दोस्रो इनिङको २ विकेट गुमायो । बेन डुकेटको शतकका बाबजुद पाहुना टोलीले पहिलो इनिङमा २ सय ९१ रन मात्र जोड्न सक्यो ।

टोलीका लागि डुकेटले १ सय २९ बलमा १ सय १४, जो रुटले ३४, ओली पोपले २९, ज्याक क्रलीले २७ तथा ज्याक लिचले नट आउट २५ रन बनाए । पाकिस्तानका लागि साजिद खानले २६.२ ओभरमा १ सय ११ रन खर्चिएर ७ विकेट लिए । नोमान अलिले ३ विकेट लिए । पहिलो इनिङमा इङ्ग्ल्यान्ड ७५ रनले पछि परेको थियो ।

इङ्ग्ल्यान्ड पहिलो इनिङमा २ सय ९१ रनमा समेटिए पछि दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले २ सय २१ रन मात्र जोड्न सक्यो । टोलीका लागि सलमान आगाले सर्वाधिक ६३, साउद सकिलले ३१, कमरान गुलामले २६, सइम अबयु र साजिद खानले समान २२ तथा कप्तान शान मक्सुदले ११ रन जोडेका थिए ।

भ्रमणकारी टोलीका लागि शोयब बसिरले ४, ज्याक लिचले ३ तथा म्याथ्यु पोटले १ विकेट लिए । घरेलु टोलीले दोस्रो इनिङमा २ सय ९६ रनको अग्रता लिएको थियो ।

२ सय ९७ रनको लक्ष्यका साथ आजै दोस्रो इनिङको सुरुवात गरेको भ्रमणकारी टोलीले तेस्रो दिन‌ बिहीवारको खेल सकिँदा २ विकेट गुमाएर ३६ रन जोडेको छ । टोलीका ओली पोप र जो रुट क्रिजमा छन् ।

त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले कमरान गुलामले डेब्यु खेलमा नै शतक प्रहार गरेपछि ३ सय ६६ रन बनाएको थियो ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.