1 year ago
October 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओमानका कप्तान तथा अलराउन्डर अकिब इल्यासले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
विराटनगरले ओमानी कप्तान आफ्नो टोलीमा आबद्ध भएको सामाजिक संजाल मार्फत जनाएको छ । इल्यास विराटनगरमा अनुबन्ध भएका पहिलो विदेशी खेलाडी हुन् । एपिएलका लागि अनुबन्ध हुने भने इल्यास दोस्रा विदेशी खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर ब्याटर आन्द्रेस गौसलाई टोलीमा अनुबन्ध गराएको थियो ।
इल्यासले ओमानका लागि ३२ ओडिआई तथा ५६ टि ट्वान्टी आई खेलेका छन् । उनले ओडिआई र टि ट्वान्टी आईमा गरेर २ हजार ५ सय ३४ रन बनाउनुको साथै ७० विकेट समेत लिएका छन् । विराटनगरले गत साता मात्र आयरल्यान्डका पुर्व क्रिकेटर केबिन ओ ब्राइनलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुदैछ । विराटनगरको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने छन् । केही साता अघि भएको एनपिएलको अक्सनबाट सहभागी हरेक टोलीले १० नेपाली खेलाडी टोलीमा भित्राएका छन् ।
हरेक टोलीले आफ्नो अनुकुलका ४ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।
विराटनगरको टिम
सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]