1 year ago
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानले मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म संचालन गर्नेछ । एनपिएलको लिग चरणको खेल पुष १ गतेसम्म हुनेछ । यसका लागि लिग चरणको १७ दिनमा २ दिन विश्रामसहित १५ दिन खेल हुनेछन् । लिग चरणमा २८ खेल हुनेछन् जसमा पहिलो र अन्तिम दिन १-१ खेल हुनेछन् ।
मंसिर १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्सले मध्यान्ह १२:१५ बजे खेलेर एनपिएलको सुरुवात गर्नेछन् । मंसिर १६ गते स्थानीय चुनाव भएकाले विश्राम राखिएको छ । त्यसपछि मंसिर २४ गते सोमबार विश्राम रहनेछ । त्यसबाहेक हरेक दिन २ खेल हुनेछ ।
लुम्बिनी लायन्सले लिगको १७ दिनमध्य १० दिनको अन्तरमा सबै ७ खेल खेल्नेछ । प्रतियोगिताको चौथो दिन सबै टोलीले खेलिसकेपछि लुम्बिनीले आफ्नो पहिलो खेल खेल्नेछ ।
लुम्बिनीको पहिलो प्रतिद्वन्द्वी विराटनगरले आफ्नो तेस्रो खेल खेलिरहेको हुनेछ । त्यसै दिन विहान कर्णाली र काठमाडौंले आफ्नो दोस्रो खेल खेल्नेछन् । त्यस्तै चितवनले अघिल्लो दिन दोस्रो खेल खेलिसकेको हुनेछ ।
अन्य टोलीले भने अधिकतम २ दिन निरन्तर खेल्नुपर्नेछ । २ दिन खेलेपछि टोलीले कम्तिमा १ दिन विश्राम भने पाउनेछन् । लगातार खेल संख्याको हकमा कर्णाली भने भाग्यमानी सावित भएको छ । कर्णालीले एकपटक मात्र लगातार खेल खेल्नुपर्नेछ । अन्य टोलीले २-२ पटक लगातार दिनमा खेल्दा काठमाडौंले भने ३ पटक लगातार दिनमा खेल्नेछ ।
त्यस्तै लिग चरण सकिनुभन्दा ३ दिन अघि नै लुम्बिनीले आफ्नो अन्तिम खेल खेल्नेछ । यसक्रममा लुम्बिनीले लगातार ३ दिन खेलेर एक दिन विश्रामपछि फेरी लगातार २ दिन खेल्नेछ । लुम्बिनीको सबै लिग खेल सकिँदा काठमाडौं, विराटनगर, चितवन, पोखरा र सुदूरपश्चिमको २-२ खेल तथा कर्णाली र जनकपुरको १-१ खेल बाँकी रहेको हुनेछ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]