1 year ago
November 25, 2024
एजेन्सी – भारतले पहिलो टेस्टमा अस्ट्रेलियालाई २ सय ९५ रनले पराजित गरेको छ।
दोस्रो इनिङमा ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २ सय ३८ रन मात्र बनाउन सक्यो ।
चार दिन सोमवार सकिएको टेस्टमा भारतका लागि कप्तान जसप्रति बुमराह र मोहम्मद सिराजले समान ३ विकेट लिए । वासिङटन सुन्दरले २, हर्सित राणा र नितिशकुमार रेड्डीले समान १ विकेट लिए।
ट्राभिस हेडले अस्ट्रेलियाका लागि ८९ रन र मिचेल मार्सले ४७ बनाए । एलेक्स केरीले ३६, स्टेभेन स्मिथले १७ र मिचेल स्टार्कले १२ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतले दोस्रो इनिङमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बनाएसँगै पारी समाप्तीको घोषणा गरेको थियो ।
पहिलो इनिङमा भारतले १ सय ५० र अस्ट्रेलियाले १ सय ४ रन बनाएको थियो।
भारतका लागि दोस्रो इनिङमा यशस्वी जैसवाल र विराट कोहलीले शतक पूरा गरेका थिए। ५ टेस्टमा भारतले १-० ले अग्रता लिएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]