default_image

12 months ago

December 16, 2024

एनपिएलको प्लेअफ समीकरण पूरा

1421 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

एनपिएलको लिग चरणको अन्तिम खेल सोमवार समाप्तिसँगै प्लेअफ समीकरण पूरा भएको हो ।

लिग चरणको समाप्तिमा सुदूरपश्चिम रोयल्स शीर्षमा, जनकपुर बोल्ट्स दोस्रोमा , चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथोमा रहेर प्लेअफमा छनोट भए ।

एनपिएलको प्लेअफको पहिलो खेल बुधवार बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । त्यो इलिमिनेटर खेल हुनेछ।

त्यस खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।

बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेल पहिलो क्वालिफायर खेल हुनेछ । त्यसमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।

पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ।

पहिलो संस्करणको एनपिएलको फाइनल शनिवार दिउँसो १२ बजे सुरु हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.