default_image

12 months ago

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

1872 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा विनोदले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

एनपिएलमा आफ्नो पहिलो अर्धशतक विनोदले ४१ बलमा पूरा गरे । पहिलो विकेटका लागि सेफ अली जेबसँग मिलेर ५६ रनको साझेदारी गरे । जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । जेब किशोर महतोको बलमा जेम्स निशमद्वारा समातिए । दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे ।

मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाट बाउन्ड्रीमा समातिए ।

दशौं ओभरको तेस्रो बलमा मक्मुलनले जीवनदान पाएका थिए । जेम्स निशमले पाएको कट एण्ड बोल्डको अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यस समय उनले ७ रन जोडेका थिए । जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।

तेस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे । कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।

कप्तान अनिल शाहको अनुपस्थितिमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।

नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।

हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अली जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले ३, सेफ अली जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए ।

लिग चरणको खेलमा समेत सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । विजेता सुदूरपश्चिमले पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाएको छ । पराजित टोलीले जनकपुरले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।

बिहीवार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् । दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिम उपाधिका लागि शनिवार खेल्नेछन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.