default_image

1 month ago

December 19, 2024

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

1151 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।

बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए ।

हर्ष ठाकर २६ बलमा १७ रन बनाउँदै रन आउट भए । आकाश त्रिपाठीले २० बलमा १३ रन जोडे । आकाश जिशान मक्शुदको बलमा आउट भए । ओपनर शुभ कसांकार ३ रनमा विपिन शर्माको बलमा आउट भए ।

मयन यादवले ७ रन बनाउँदा जीवनदान पाएका थिए । नन्दन यादवको बलमा विकेटकिपर चाल्डिक वाल्टनले क्याच ट्रप गरेका थिए । ७ रन थप्दै मयन दुुई लिने चक्करमा रन आउट भए । आसिफ शेख ४, लाहिरु मिलन्था २ तथा मोहम्मद मोहसिन १ रनमा आउट भए । शेर मल्ल १० बलमा १६ रनमा नट आउट रहे ।

कर्णालीका लागि युवा बलर विपिन शर्माले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गरेको थियो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । देव जेम्स निशमको बलमा आकाश त्रिपाठीद्वारा समातिए ।

विलियम बोसिस्टोले १५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडे । बोसिस्टो ललितनाराण राजवंशीको बलमा विकेट किपर लाहिरु मिलन्थाबाट समातिए । जिशान मक्सुद ११ बलमा २ चौकाको सहयोगमा १२ रन जोडे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान सोमपाल कामी ५, अघिल्लो खेलमा अर्धशतक बनाएका जयकिशन कोल्सावाला १ तथा अर्जुन घर्ती २ रनमा आउट भए ।

युनिस विक्रमसिंह ठकुरी १२ रनमा आउट हुँदा नन्दन यादव ४ रनमा नट आउट रहे । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २ तथा हर्ष ठाकर र शेर मल्लले समान १ विकेट लिए ।

विजेता जनकपुर रोमाञ्चक जितका साथ फाइनलमा प्रवेश गरेको छ । आइतवार हुने फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पराजित कर्णालीले भने प्रतियोगिताबाट बाहिरिने छ । लिग चरणमा पनि कर्णाली जनकपुरलाई हराएको थियो ।

January 21, 2025

कुशल सम्मिलित डेजर्टको पहिलो हार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]

January 20, 2025

लोकेशको विष्फोटक ब्याटिङमा त्रिविको जित

काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]

January 20, 2025

महिला पिएम कप – रुबिनाको अर्धशतकमा कोशीको जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]

Success

Thank you for your time.