11 months ago
December 29, 2024
एजेन्सी – तीव्रगतिका बलर कागिसो रवडाको विस्फोटक ब्याटिङमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक वर्ल्ड टेस्ट च्याम्पियनसिप(डब्लुटिसी) को फाइनलमा पुगेको छ ।
घरेलु मैदान सुपरस्पोर्टस पार्कमा पाकिस्तानलाई आइतवार २ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका डब्लुटिसीको फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि १ सय ४८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर पूरा गर्यो ।
खाना समय अघि ८ विकेटको क्षतिमा ९९ रन बनाएर हार नजिक पुगेको दक्षिण अफ्रिकाका लागि कागिसो रवडा र मार्को यान्सेनले नवौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै ऐतिहासिक जित दिलाएका थिए ।
टेस्ट टोलीमा ३ वर्षपछि पुनरागमन गरेका मोहम्मद अब्बासले करियरको उत्कृष्ट बलिङ गर्ने क्रममा १९.३ ओभरमा ५४ रन खर्चेर ६ विकेट लिएपनि पाकिस्तानलाई जित दिलाउन पर्याप्त रहेन ।
रवडाले ३१ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाए । यसअघि कप्तान टेम्बा बमुभा ४०, एडेन मारक्रम ३७ तथा डेविड बेडिन्गम १४ रन जोडे ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]