11 months ago
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा विजयी भएको छ ।
शनिवार भएको खेलमा गल्फले एमआई इमिरेट्सलाई २ विकेटले पराजित गरेको हो । गल्फले छैठौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन ।
१ सय ५३ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्यो । गल्फको जितमा जेहार्ड एरास्मसले सर्वाधिक ३७, टोम अल्सोपले ३२, टोम करनले १६ तथा मार्क अडिरले १५ रन जोडे ।
इमिरेट्सका लागि फैजल हक फारुकीले ३, मोहम्मद रोहिद र अल्जारी जोसेफले समान २ तथा डान मुस्लेले १ विकेट लिए । त्यसअघि शेख जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इमिरेट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।
इमिरेट्सका लागि टम बेन्टनले सर्वाधिक ५६ रन जोडे । किरन पोलार्डले २४ बलमा ३४ र अकिल हुसेनले ११ बलमा नट आउट २० रन जोडे । गल्फका लागि डानियल वारेलले २ तथा ब्लेसिङ मुजवानी, टोम करन र मार्क अडिरले समान १ विकेट लिए ।
जितसँगै गल्फ ६ खेलमा ४ अंकका साथ पाँचौ स्थानमा छ । पराजित इमिरेट्स ७ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]