10 months ago
January 31, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाहुना टोली इङ्ग्ल्याण्डविरुद्ध भारतले चौथो टि ट्वान्टी आईमा बलियो योगफल तयार गरेको छ ।
भारतको पुनेमा जारी खेलमा भारतले इङग्ल्याण्डलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसनको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनको बलियो योगफल तयार गर्यो ।
भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक रुपमा समान ५३ रन जोडे । दुवेले ३४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । पाण्ड्याले ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
छैठौं विकेटका लागि दुवे र पाण्ड्याले ८७ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफल सम्म पुर्याए ।दोस्रो ओभरमा १२ रनमा ३ विकेट गुमाएको भारतका लागि रिंकु सिंह र अभिषेक शर्माले ४५ रनको साझेदारी गरेका थिए । सिंह ३० र शर्मा २९ रनमा आउट भए ।
भारतका कप्तान सुर्यकुमार यादव र तिलक बर्मा रनको खाता नखोल्दै आउट भए । ओपनर सञ्जु स्यामसन १ रनमा आउट हुँदा अक्षर पटेल ५ रनमा आउट भए ।
इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मदले ३, जेमी ओभरटर्नले २ तथा आदिल राशिद र बायडेन कार्सले समान १ विकेट लिए ।
५ खेलको टि ट्वान्टी आई सिरिजमा भारत २-१ ले अघि छ । पहिलो र दोस्रो टि ट्वान्टी आई भारतले जित्दा तेस्रो खेल भने इङ्ग्ल्याण्डले जितेको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]