11 months ago
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ ।
नेपालले सिरिजमा लगातार तेस्रो खेलमा हार बेहोर्ने क्रममा आइतवार नेदरल्याण्ड्ससँग १५ रनले पराजित भयो । नेपालले बिहीवार पनि नेदरल्याण्ड्ससँग हार बेहोरेको थियो ।
आज १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनायो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन जोडिन् । उनले ३२ बलमा १ छक्का प्रहार गरिन् । सम्झना खड्काले २४ बलमा ४ चौकाको सहयोगमा २३ रन बनाइन् । पुजा महतोले १८, कविता जोशीले १४ तथा सिताले नट आउट रहँदै १० रन थपिन् ।
त्यसअघि कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रनको योगफल तयार गरेको थियो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन जोडिन् । उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन् ।
हिटर सिगर्सले २३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २६ रन जोडेकी थिइन् । रोबिन रिके र फेबी मोलकिनरले समान २१ रन बनाइन् ।
नेपालका लागि सिताले ३ ओभरमा १२ रन खर्चिएर ५ विकेट लिइन् । यो सिताको उत्कृष्ट बलिङ हो । यो उनको यसअघि सिताले हङकङविरुद्ध २०२३ अगस्ट २२ मा १६ रन खर्चिएर ५ विकेट लिएकी थिइन् ।
मनिषा उपाध्यायले २ , कविता जोशी तथा इन्दु बर्माले समान १ विकेट लिइन् ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सहभागी ३ टोलीले एक आपससँग ३ खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेदरल्याण्ड्स ३ खेलमा २ अंकमा रहेको छ ।
सुरुवाती ३ खेलमा पराजित नेपाल तालिकामा अंकबिहीन रहेको छ । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
नेपालले मंगलवार थाइल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड्स र थाइल्याण्डबिचको खेल सोमवार हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]