10 months ago
February 7, 2025
एजेन्सी – घरेलु टोली भारतले इङ्ग्ल्याण्डसँगको पहिलो ओडिआईमा जित हासिल गरेको छ ।
भारतले बिहीवार भएको खेलमा ४ विकेटको जित हात पारेको हो । जितसँगै ३ खेलको ओडिआई सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।
२ सय ४९ रनका मध्यम लक्ष्य भारतले ३८.४ अेभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा शुभमन गिल, अक्षर पटेल र श्रेयस अय्यरले अर्धशतक प्रहार गरे । गिलले सर्वाधिक ८७ रन जोडे । उनले ९६ बलमा १४ चौका प्रहार गरे ।
अय्यरले ३६ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५९ रन जोडे । पटेलले ४७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५२ रन जोडे । यसश्वी जैसवाल १५ रनमा आउट हुँदा रविन्द्र जडेजा १२ रनमा नट आउट रहे ।
इङ्ग्ल्याण्डका लागि सकिब मोहम्मद र आदिल राशिदले समान २, जोफ्रा आर्चर र जोकेब बेथहेलले समान १ विकेट लिए ।
त्यसअघि नागपुरमा टस जितेर ब्याटिङ रोजेको इङ्ग्ल्याण्ड ४७.४ ओभरमा २ सय ४८ रनमा समेटियो । इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका प्रहार गरे ।
जोकेब बेथहेलले ६४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर फिल साल्ट २६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४३ रनमा आउट भए । बेन डकेट ३२ रनमा आउट हुँदा जोफ्रा आर्चर २१ रनमा नट आउट रहे ।
जो रुट १९ तथा लियम लिभिङ्स्टोन १० रनमा आउट भए । भारतका लागि हर्षित राना र रविन्द्र जडेजाले समान ३, कुलदिप यादव, मोहम्मद सामी र अक्षर पटेलले समान १ विकेट लिए ।
यसअघि भारतले इङ्ग्ल्याण्डविरुद्धको ५ खेलकोे टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको थियो। दोस्रो ओडिआई आइतवार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]