9 months ago
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ।
कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्।
५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त गर्नेछन्।
खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ।
ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – १ लाख रुपैयाँ)
ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ शेख परेका छन्। उनीहरुले मासिक १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
ग्रेड ‘बी’ खेलाडी (मासिक पारिश्रमिक – ७० हजार रुपैयाँ)
यस श्रेणीमा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजवंशी, र अनिल साह छन्। यी खेलाडीहरूले मासिक ७० हजार प्राप्त गर्नेछन्।
ग्रेड ‘सी’ खेलाडी (मासिक पारिश्रमिक – ५५ हजार रुपैयाँ)
सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, र कुशल मल्ल ‘सी’ ग्रेडमा परेका छन्। उनीहरूले मासिक ५५ हजार प्राप्त गर्नेछन्।
ग्रेड ‘डी’ खेलाडी (मासिक पारिश्रमिक – ३५ हजार रुपैयाँ)
यस श्रेणीमा सागर ढकाल, लोकेश बम, सहाब आलम, आकाश चन्द, विवेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसीर अहमद, प्रतिस जिसी, अभिनाश बोहरा, र मयन यादव जस्ता युवा खेलाडीहरू समेटिएका छन्। उनीहरूले मासिक ३५ हजार प्राप्त गर्नेछन्।
इमर्जिङ खेलाडी (मासिक पारिश्रमिक – रु २५,०००)
भविष्यका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘इमर्जिङ’ श्रेणी पनि सार्वजनिक गरिएको छ। यस श्रेणीमा अर्जुन घर्ती, हेमन्त धामी, दिपेश कंडेल, रुपेश सिंह, अर्जुन कुमाल, सुभ कंसाकार, र सन्तोष यादव समावेश छन्। उनीहरूले २५ हजार पादनेछन्।

December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]