8 months ago
April 9, 2025
काठमाडौं – सुदूरपश्चिम प्रदेशका फिनिसर ब्याटर किरण ठगुन्ना पहिलो पटक नेपालको राष्ट्रिय टोलीमा परेका छन् ।
हङकङमा आजदेखी सुरु हुने चारदेश सम्मिलित टी-२० आई सिरिजमा आक्रामक ब्याटर लोकेश बमको भिसा समस्याको कारण नेपालले किरणलाई बोलाएको हो । किरण हङकङतर्फ मंगलबार राती नै प्रस्थान गरी सकेपनि नेपाल क्रिकेट संघ(क्यान) ले भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने किरणले पछिल्लो समय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका छन् । हालैसम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा उनले ९ इनिङमा २ शतकसहित ३२ चौका र १४ छक्काको मद्दतमा ३ सय ३७ रन बनाएका थिए ।
किरणले गण्डकी प्रदेशविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै १०१ बलमा ९ चौका र ६ छक्कासहित १ सय २१ अविजित तथा कोशीविरुद्ध ९१ बलमा १२ चौका र ४ छक्कासहित १ सय १५ रनको अर्को विजयी शतकीय इनिङ खेलेका थिए । गतवर्ष उनले क्यानडाविरुद्ध नेपाल ए बाट पनि खेलेका थिए ।
घरेलु क्रिकेटमा मध्यक्रम र फिनिसरमा राम्रो प्रभाव छोडेपछि उनलाई नेपालले टोलीमा समेटेको हो । नेपालले आफ्नो पहिलो खेलमा आज विहान ६ : ४५ मा कतारसँग खेल्दै सुरुवात गर्नेछ । बिहीबार कुवेत र शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, किरण ठगुन्ना (पहिलो पटक टोलीमा), बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललितराजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव ( नेपालको जर्सीमा डेब्यू गर्न बाँकी) रिजन ढकाल र गुल्शन झा ।
कार्यवाहक मुख्य प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
फिजियो- पुरण तिरुवा
टेक्निकल एनालिष्ट – रमण शिवाकोटी
किरणको पूरा क्रिकेट जीवनी जान्न यो पढ्नुहोस् : घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]