default_image

7 months ago

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

632 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो। जहाँ पुलिसले २६ .१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।

पुलिसले सुरुवात राम्रो गर्न सकेन । ४३ रनमा ४ विकेट गुमाइसकेको थियो। यसपछि अमित श्रेष्ठ र कप्तान शंकर रानाले पाँचौ विकेटको लागि अविजित १ सय १७ रनको साझेदारी गर्दै जिततर्फ डोर्याए।

अमित र शंकरले अविजित रहँदै अर्धशतकीय पारी खेले। अमितले ७२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ७१ रन बनाए। यस्तै छैठौं नम्बरमा ब्याटर शंकरले ६७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन जोडे। 

बलिङमा गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए। चिरन्तन खात्तिनियरले १ विकेट झारे। 

त्यस अघि टस जितेर ब्याटिङ गरेको आसामले ४२.२ ओभरमा १ सय ५४ रनमा अल आउट भयो।
आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन बनाए। यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन जोडे। 

बलिङमा अरुण ऐरी र पेसर श्रवन यादवले समान ३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन दिए। पुलिस पहिलो खेलमा कोशीदँग पराजित भए पनि यो खेल जितेर फाइनलमा पुगेको हो।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो हुने टिमले २ लाख रुपैयाँ प्रदान गरिनेछ।

समूह ‘ए’ को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल पुगिसकेको छ। फाइनल खेल शनिवार हुनेछ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.