default_image

7 months ago

May 14, 2025

सन्दीपले क्यानको केन्द्रिय सम्झौता नलिने, क्यानले छलफलपछि निर्णय गर्ने

6399 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले क्यानलाई निरन्तर साथका लागि धन्यवाद समेत व्यक्त गरेका छन् । सन्दीपले आफू नेपालबाट भने निरन्तर खेल्ने प्रष्ट पारेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले सन्दीपको यो निर्णयबारे क्यानलाई जानकारी आएको र छलफलपछि मात्र निर्णय लिने बताए ।

केन्द्रिय सम्झौता नगर्दा क्यानको नियम मान्ने वा नमान्ने भन्ने प्रष्टता हुँदैन । त्यसो त सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटको निलम्बनबाट फर्कंदा पनि केन्द्रिय सम्झौता बेगर नै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । त्यस्तै नयाँ खेलाडीले पनि सम्झौता नहुँदा खेलेको उदाहरण छ ।

सन्दीप आज नै स्कटल्याण्ड भ्रमण गर्ने टोलीमा भने समावेश छन् । आज विहान मात्र क्यानको केन्द्रिय कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा सन्दीप उपस्थित रहेका थिए ।

क्यानले गत फागुनमा सार्वजनिक गरेको ग्रेड विभाजनमा सन्दीप शीर्ष ग्रेडमा रहेका थिए । उनीसँगै कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेखले मासिक १ लाख रुपैयाँ पाउने प्रावधान थियो । पुरूषतर्फ ग्रेड ‘ए’ मा रहनेले मासिक १ लाख, ग्रेड ‘बी’ मा रहनेले ७० हजार, ग्रेड ‘सी’ मा रहनेले ५५ हजार, ग्रेड ‘डी’ मा रहनेले ३५ हजार र इमर्जिङ खेलाडीले २५ हजार रूपैयाँ तलब पाइरहेका छन् ।

केन्द्रीय सम्झौतामा रहन क्यानले सार्वजनिक गरेको खेलाडी सूची

ग्रेड ‘ए’ – रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख

ग्रेड ‘बी’ – कुशल भुर्तेल, गुलशनकुमार झा, करण केसी, ललितनारायण राजवंशी र अनिलकुमार साह

ग्रेड ‘सी’ – सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल

ग्रेड ‘डी’ – सागर ढकाल, लोकश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव

इमर्जिङ – दिपेश कँडेल (कोशी), रूपेशकुमार सिंह (मधेस), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.