default_image

7 months ago

May 14, 2025

क्यान अध्यक्ष चन्दले षड्यन्त्र गरेको लुम्बिनी क्रिकेटका अध्यक्ष गुरुङको आरोप

1464 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक छलफलबिनै सिधै क्यानको केन्द्रिय कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने कदमले आफू अपमानित भएको बताए । उनले क्यानबाट आफू निलम्बित भएको पत्र प्राप्त गर्दा उक्त पत्रमा अध्यक्ष चन्दकै हस्ताक्षर रहेको बताए ।

‘क्यान अध्यक्षले आफैं हस्ताक्षर गरेर मलाई पत्र पठाउनुभएको छ । क्यानबाट आउने पत्र सचिव र सचिवालयमार्फत आउनुपर्ने हो । तर क्यानको अध्यक्षले हस्ताक्षर गरेको पत्र मैले पाएँ,’ गुरुङले भने, ‘प्रदेश गठन भएको २ वर्षसम्म नआएको विनियमावली मलाई कारवाही गरेको पत्र पठाएकै दिन प्रदेशमा आएको छ । यो सिधा सिधा प्रतिशोध साँधिएको छ ।’

यता अध्यक्ष चन्दले भने गुरुङको कार्यशैलीप्रति प्रदेशका सदस्य जिल्लाहरुबाट नै असन्तुष्टि आएपछि सो कदम चालिएको बताए । उनले बहुमत भन्दा बढी सदस्यहरुले आर्थिक रुपमा अध्यक्षको कार्यशैलीमा शंका व्यक्त गरेपछि क्यानले आवश्यक कदम चालेको बताए ।

‘वहाँले बिना कोषाध्यक्षको हस्ताक्षर प्रदेश संघ चलाइ रहनुभएको रहेछ । संघकै साथीहरुले भनेपछि हामीले कदम चालेका हौं । नेपाल क्रिकेट संघ विधि र विधानले चल्ने संस्था हो । हामीले हाललाई लुम्बिनी प्रदेशले पाउने आर्थिक सहयोग पनि रोकेर राखेका छौं,’ चन्दले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.